सुनचाँदी दुबैको मूल्य घट्यो, तोलाको कति ?

-



     सफल आवाज    
     माघ २१ गते २०७७ मा प्रकाशित



काठमाडौं, २१ माघ । साताको चौथो दिन बुधबार आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । छापावाला सुन प्रतितोला ६०० रुपैयाँ तथा चाँदीमा प्रतितोला ६० रुपैयाँले गिरावट भएको हो ।

मंगलबार सुनको मूल्य स्थिर रहँदै प्रतितोला ९२ हजार ६०० मा कारोबार भएकोमा आज ६०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसयाी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ कायम भएको थियो ।

महासंघले जनाए अनुसार आज पनि चाँदीको मूल्यमा गिरावट आएको छ । आज चाँदीमा प्रतितोला ६० रुपैयाँले गिरावट भएको हो । आज चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो । यससअघि सोमबार चाँदी बढेर तोलाको रुपैयाँ १४०० पुगेको थियो ।