एलआइसीले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने, एजिएम कहिले ?

-



     सफल आवाज    
     माघ २२ गते २०७७ मा प्रकाशित



काठमाडौं, २२ माघ । एलआइसी नेपालले आफ्ना लगानीकर्ताहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने बताएको छ । यसका लागि कम्पनीले फागुन २५ गते १८ औं वार्षिक साधारण सभा बोलाएको छ ।

संचालक समितिको १०९ औं बैठकले लगानीकर्ताहरुलाई आर्थिक वर्ष २०७५/२०७६ को वार्षिक साधारण सभामा यसअघि घोषणा गरिएको १० प्रतिशत लाभांशको प्रस्ताव प्रस्तुत गर्ने निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७५/२०७६ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश साधारण सभाबाट पारित गरि वितरण गर्ने कम्पनी सचिव विनोद कुमार भुजेलले जनाएका छन् ।