
काठमाडौं, ४ साउन । गत आर्थिक वर्ष २०८२/८३ को ११ महिनाको अवधिमा सञ्चालनमा रहेका फाइनान्स कम्पनीहरूको खुद नाफा ९६ करोड रुपैयाँ नाघेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार समीक्षा अवधिमा १७ वटा फाइनान्स कम्पनीहरूले कुल ९६ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्।
यो नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा १६ करोड २० लाख रुपैयाँ (करिब २०.१% ले) बढी हो। अघिल्लो आवको ११ महिनामा फाइनान्स कम्पनीहरूको कुल नाफा ८० करोड ६० लाख रुपैयाँ रहेको थियो।
ब्याज खर्च तथा कार्यालय सञ्चालन खर्चमा आएको गिरावट र कर्जा असुलीमा भएको सामान्य सुधारका कारण फाइनान्स कम्पनीहरूको नाफा बढ्न पुगेको हो।
खर्च कटौतीले नाफा बढाउन सहयोग
समीक्षा अवधिमा फाइनान्स कम्पनीहरूको ब्याज खर्चमा ठूलो बचत भएको छ। आव २०८२/८३ को ११ महिनामा ब्याज खर्च ६ अर्ब ५० करोड २० लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो आवको सोही अवधिको ८ अर्ब २३ करोड ८० लाख रुपैयाँको तुलनामा १ अर्ब ७१ करोड ८० लाख रुपैयाँले कम हो।
त्यस्तै, कार्यालय सञ्चालन खर्च पनि २ करोड ५० लाख रुपैयाँले घटेर १ अर्ब ७ करोड रुपैयाँमा झरेको छ। अघिल्लो आवको सोही अवधिमा यस्तो खर्च १ अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको थियो।
कर्जा असुलीमा सामान्य सुधार, ब्याज आम्दानी र कर्मचारी खर्चमा दबाब
असार मसान्तसम्म आइपुग्दा फाइनान्स कम्पनीहरूको कर्जा असुली रकम १ करोड ५० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा १ करोड ४० लाख रुपैयाँ रहेको यस्तो असुली समीक्षा अवधिमा १० लाख रुपैयाँले बढेको हो।
तथापि, ब्याज आम्दानीमा आएको गिरावट र कर्मचारी खर्चमा भएको वृद्धिले कम्पनीहरूलाई केही दबाबमा पारेको छ। आव २०८२/८३ को ११ महिनामा फाइनान्सहरूको कुल ब्याज आम्दानी १० अर्ब ९ करोड २० लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो आवको सोही अवधिमा ११ अर्ब ६७ करोड ५० लाख रुपैयाँ रहेको ब्याज आम्दानी समीक्षा अवधिमा १ अर्ब ५८ करोड ३० लाख रुपैयाँले घटेको हो।
यसैगरी, कर्मचारीतर्फको खर्च १३ करोड ३० लाख रुपैयाँले बढेर १ अर्ब ६१ करोड ३० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवको ११ महिनामा कर्मचारी खर्च १ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो।फाेटाे-एआइबाट बनाइएकाे हाे ।








दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ… 




