काठमाडौं, २२ माघ । नेकपा प्रचण्ड-माधव समूहको आमहड्तालले बुधबार शेयर वजार प्रभावित भएजस्तै आज पनि प्रभावित बनाउला कि भन्ने आशंका गरिएपनि शेयर बजारले उकालोको यात्रा पक्का गर्यो । आजको शेयर कारोबारमा देखिएको उत्साहले आगामी दिनका लागि सकारात्मक सन्देश प्रवाह गरेको छ ।
राजनीतिक उथलपुथल वा आन्दोलनका चरणमा लगानीकर्ताहरुमा उच्च मानोबल भईरहने र हल्लाहरुलाई आधार नमान्ने हो भने शेयर बजार आफ्नै लयमा चलिरहन सक्छ भन्ने संकेत आजको शेयर बजारको घटनाक्रमले देखिएको छ । साताको पाँचौं दिन आज नेप्से सामान्य अंकले वृद्धि भएको छ ।
आज बिहिबार नेप्से परिसूचक ८.३४ अंकले बढेको छ । यसरी बढेको नेप्से २४७५.२६ विन्दुमा पुगेको छ । नेप्से ०.३४ प्रतिशतले बढेको छ भने सेन्सेटिभ ईन्डेक्स १.६८ अंकले बढेर ४५४.०२ विन्दुमा गएर रोकिएको छ ।
आज २०१ कम्पनीको कारोबार भएकोमा १ करोड ८७ लाख १९ हजार ३८७ कित्ता शेयर खरिदबिक्री भएको छ । यसबाट ७ अर्ब ६१ करोड ५० लाख ७१ हजार ९३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज १२ वटा उपसमूहको कारोबार भएकोमा ६ उपसमूहमा रातो लागेको छ भने ६ वटामा हरियो लागेको छ । आज सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको २७ करोड ५३ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।








काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती… 



