‘बन्द–हड्तालकाे बाटो रोज्नु अर्थतन्त्रका लागि दुर्भाग्य’

-



     सफल आवाज    
     माघ २२ गते २०७७ मा प्रकाशित



काठमाडौं, २२ माघ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बन्द हड्ताल स्वीकार्य नहुने बताएको छ । पछिल्लो समय राजनीतिक दलहरुभित्र देखिएको तीव्र बिवाद पछि मुलुक फेरि राजनीतिक अस्थिरता तर्फ गएको छ । बिहीबारमात्रै पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले आम हड्ताल गरेको थियो ।

सफल आवाज डटकमसँग कुरा गर्दै आम हड्ताल मुलुक र मुलुकको अर्थतन्त्रका लागि घातक रहेको महासंघका अध्यक्ष नरेश कटुवालले बताए । देशमा सुख, शान्ति र समृद्धि चाहिएको भन्दै बन्दलाई सधैका लागि बन्द गर्नु नै मुलुकको भलो हुने अध्यक्ष कटुवाललको भनाई छ ।

राजनीतिक उद्देश्य प्राप्तिका लागि बन्द–हड्ताल बाटो रोज्नु अर्थतन्त्रका लागि दुर्भाग्य भएको उनले बताए । ‘हामी शान्ति चाहान्छौँ, निजी क्षेत्र अर्थतन्त्रको विकास चाहान्छ’ अध्यक्ष कटुवालले भने, ‘यसकारण बन्द हड्ताल कसैले पनि गर्नु हुँदैन, अब मुलुकको समृद्धिका लागि सबै लाग्नु पर्छ ।’