ग्रीनलाइफ हाइड्रोपावरको शेयर आजदेखि बिक्री खुल्ला, कहिलेसम्म दिने आवेदन ?

-



     सफल आवाज    
     माघ २३ गते २०७७ मा प्रकाशित



काठमाडौं, २३ माघ । ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ आजदेखि निष्काशन तथा बिक्री खुल्ला गरिएको छ । कम्पनीले ३४ लाख ९६ हजार ४०० कित्ता शेयर निष्काशन तथा बिक्रीका लागि खुल्ला गरेको हो । उक्त शेयर प्रतिकित्ता १०० रुपैयाँ दरले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको रहेको छ ।

कम्पनीका अनुसार १ लाख ७४ हजार ८२० कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । कर्मचारीको लागि ६९ हजार ९०८ तथा ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर सर्वसाधारणको लागि रहेको छ । इच्छुक शेयर लगानीकर्ताले घटीमा १० देखि बढीमा १ लाख कित्तासम्म आवेदन गर्न सक्ने भएका छन् ।

कम्पनीको आजदेखि निष्काशन भएको शेयर आवेदनको समयावधि छिटोमा माघको २७ गते र ढीलोमा फागुन ७ गतेसम्म रहेको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बि.ओ.के क्यापिटल मार्केट लिमिटेड रहेको छ ।