नेकपा ओली पक्षको नारायणहिटी दरबार अगाडी आज शक्ति प्रदर्शन हुँदै

-



     सफल आवाज    
     माघ २३ गते २०७७ मा प्रकाशित



काठमाडौं, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली पक्षले आज काठमाडौंमा बृहत् शक्ति प्रदर्शन गर्दैछ ।

”अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश” भन्ने मूल नारासहित नारायणहिटी दरबार अगाडी शक्ति प्रदर्शन गरेकाे छ ।

सभाका लागि पार्टीका बागमती प्रदेश संगठन प्रमुख आनन्द पोखरेलले २ लाख बढी जनता उतार्ने बताएका छन् । सभामा बागमती प्रदेशका १३ जिल्ला र देशका विभिन्न जिल्लाहरुबाट नेता, कार्यकर्ता र समर्थकहरु सहभागि भएकाे बताए ।

सभाका लागि यसअघि पार्टीका काठमाडौं उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा १ हजार १११ सदस्यीय जनसभा परिचालन कमिटि गठन गरिएको थियो ।

सभालाई प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा गृहमन्त्री रामबहादुर थापा वाादल लगायतका नेताहरुले संवोधन गर्ने बताईएको छ ।