
काठमाडौं, २३ माघ । नेपाली पूँजी बजारमा चिरपरिचित प्रभु क्यापिटल लिमिटेडले आफ्ना ग्राहकहरुलाई नियमित कार्यालय समय बाहेक विहान ८ बजे देखि साँझ ८ बजे सम्म सेवा दिने भएको छ । डिम्याट खाता सम्बन्धी सेवालाई अझ प्रभावकारी बनाउने अभिप्रायले यही माघ २५ गते आइतबारदेखि सार्वजनिक बिदा र शनिबारको दिन बाहेक हरेक दिन लागू हुनेगरी प्रभु क्यापिटलले “8 To 8 सेवा” सेवा प्रदान गर्न लागेको जानकारी गराइएको छ ।
विहान ८ बजेदेखि नियमित कार्यालय समय १० बजे सम्म र साँझ ४ बजेपछि बेलुकी ८ बजेसम्म “8 To 8 सेवा” अन्तरगत डिम्याट खाता खोल्ने, मेरो शेयर खाता खोल्ने, डिम्याट र मेरो शेयर खाता नविकरण गर्ने, मेरो शेयरको पासवर्ड रिसेट गर्ने, भौतिक शेयरलाई अभौतिकीकरण कार्य गर्ने, बैंक खाता लगायत डिम्याटका विवरणहरु अद्यावधिक गर्ने, राफसाफको लागि डिस लिने, शेयर रोक्का राख्ने कार्य, आदि सेवाहरु प्रदान गरिने बताइएको छ ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



