
काठमाडौं, २४ माघ । अधिकांश सूचकहरुमा सुधारको संकेत दिदैं आँधिखोला लघुवित्त वित्तीय संस्थाले यस आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
संस्थाले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा १ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको जनाएको छ । गएको वर्ष संस्थाले ८८ लाख ५६ हजार नाफा गरेको थियो । चालु वर्षको नाफालाई हेर्दा १०३.४५ प्रतिशतले बढी देखिएको छ भने संस्थाले खुद ब्याज आम्दानी र संचालन मुनाफा पनि बढेको जनाएको छ ।
कम्पनीले पुस महिनाको अन्तिमसम्म ३ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आर्जन गरेको छ भने २ करोड २६ लाख रुपैयाँ संचालन नाफा कमाउन सक्षम भएको छ । संस्थाले ३३ करोड ६ लाख निक्षेप संकलन गरेको र ८९ करोड ५५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।
रू १० करोड चुक्ता पूँजी रहेको आँधिखोला लघुवित्त वित्तीय संस्थाको संचित कोषमा ५ करोड ८७ लाख रुपैयाँ रहेको छ । यस पटक संस्थाको खराब कर्जामा ०.२२ प्रतिशतले सुधार देखिएको छ । गएको वर्ष ४.६२ प्रतिशत रहेकोमा यो वर्ष खराब कर्जा ४.४० प्रतिशत रहेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



