मास्केले पाए जनरल इन्स्योरेन्सको प्रमुखको जिम्मेवारी

-



     सफल आवाज    
     माघ २५ गते २०७७ मा प्रकाशित



काठमाडौं, २५ माघ । जनरल इन्स्योरेन्स कम्पनीका सहायक महाप्रबन्धक विनेश मास्केलाई कम्पनीको प्रमुखको जिम्मेवारी दिईएको छ ।

कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले सहायक महाप्रबन्धक पदमा कार्यरत विनेश मास्केलाई अर्को व्यवस्था नभएसम्मको लागि कम्पनीको प्रमुखको रुपमा कार्य संचालन गर्नको लागि कायम मुकायम महाप्रबन्धकको जिम्मेवारी तोकिएको कम्पनीका सचिव रामप्रसाद पौडेलले आज जनाएका छन् ।

कम्पनीले यसका बारेमा नेपाल स्टक एक्सचेन्जलाई जानकारी गराएको छ भने बीमा समितिलाई बोधार्थ पठाएको छ ।