
काठमाडौं, २६ माघ । निजी क्षेत्रको इन्टरनेट प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेसनले ग्राहकका लागि लोभलाग्दो योजना ‘तहल्का’ सार्वजनिक गरेको छ । बढीभन्दा बढी ग्राहकले मनानेरञ्जनका कार्यक्रमहरु हेर्न सकुन भन्ने उदेश्यले उक्त योजना ल्याईएको बताईएको छ ।
वर्ल्डलिंकको योजनामा ग्रहकले नेटटिभीले उपलव्ध गराउने २०० बढी लाईभ टिभी च्यानलहरु तथा १० एमबीपीएसको इन्टरनेट सेवा महिनाको मात्र ७९९ रुपैयाँमा पाउने भएका छन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले इन्टरनेट जडान गर्ने तर उपयोग कम गर्ने ग्राहकहरुका लागि नयाँ योजना तहल्का एकदमै उपयुक्त भएको बताएका छन् । उनले भने, यो टिभीका लागि मात्रै होईन । आईपीटिभी र इन्टरनेट सेवा दुबैको लागि मासिक रुपमा मात्र ७९९ रुपैयाँमा यो सुविधा ग्राहकले पाउने छन् ।
वर्ल्डलिंकका अनुसार कम्पनीले नेटटिभी सेवाकासाथ इन्टरनेटको कम्बो प्याकमा ६० एमबिपिएस उच्च गतिको इन्टरनेट प्याक पनि उपलव्ध गराईरहेको बताएकाे छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



