सुनको मूल्य घट्यो, चाँदीको बढ्यो, तोलाको कति ?

-



     सफल आवाज    
     माघ २६ गते २०७७ मा प्रकाशित



काठमाडौं, २६ माघ । आईतबार रुपैयाँ ६०० ले वृद्धि भएको छापावाला सुन साताको दोश्रो दिन आज सोमबार रुपैयाँ २०० ले घटेको छ ।

आज छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छ । आईतबार प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । आईतबार तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यमा भने ५ रुपैयाँले वृद्धि भएको छ । आज चाँदी प्रतितोला १ हजार ३१५ मा कारोबार भएको छ । आईतबार चाँदी १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।