बन्दूक सहित युवक पक्राउ

-



     सफल आवाज    
     माघ २६ गते २०७७ मा प्रकाशित



पोखरा, २६ माघ । स्याङ्जाको हरिनासमा भरुवा बन्दूकसहित १ युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिनास ३, बलाम्दीका ४० वर्षीय तुलबहादुर राना हुन् ।

उनको घरमा अवैध भरुवा बन्दूक रहेको सूचना आधारमा प्रहरीले खानतलासी गर्दा घरको भुइँकोठाबाट १ थान भरुवा बन्दूक, बन्दूुकमा प्रयोग गरिने सिसाको छर्रा ३१ थान, हतियारमा प्रयोग गरिने राउन्ड १ थान बरामत गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक राजकुमार थिङले घटनाको अनुसन्धान भइरहेको जनाएका छन् ।