नेप्सेद्वारा ११ वटा कम्पनीको शेयर कारोबार रोक्का

-



     सफल आवाज    
     माघ २७ गते २०७७ मा प्रकाशित



काठमाडौं, २७ माघ । नेपाल स्टक एक्सचेन्जले ११ वटा कम्पनीहरुले वित्तीय सूचिकरण नियमावली अनुसार वित्तीय विवरण पेश नगरेकोले उनीहरुको शेयर कारोबारलाई रोक्का गरेको छ ।

सोमबार सूचना प्रकाशित गरी ७ हाइड्रोपावर, २ माइक्रोफाइनान्स, १ इन्स्योरेन्स कम्पनी तथा विकास बैंकको कारोबार रोक्का गरेको जनाएको छ । शेयर कारोबार रोक्का गरिएका कम्पनीहरूमा नेपाल हाइड्रो डेभलपर, युनिभर्सल पावर, पञ्चकन्यामाई हाइड्रो, पाँचथर पावर, राधी विद्युत कम्पनी, रैराङ हाइड्रोपावर र युनियन हाइड्रोपावर हुन ।

अन्य शेयर कारोबार रोक्का भएका कम्पनीहरूमा नेशनल माइक्रोफाइनान्स, कालिका लघुवित्त, गुँरास लाइफ इन्स्योरेन्स तथा कर्णाली डेभलपमेन्ट बैंक रहेका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यी कम्पनीहरुले आर्थिक वर्ष २०७५/२०७६ को वार्षिक प्रतिवेदन, वित्तीय विवरण, वित्तीय सूचिकरण नियमावली २०७५ अनुसार विवरण पेश नगरेकोले शेयर कारोबार रोक्का गर्नु परेको जारी सूचनामा जनाईएको छ ।