ग्रीनलाइफ हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     माघ २७ गते २०७७ मा प्रकाशित



काठमाडौं, २७ माघ । माग गरेको भन्दा ६ गुणा बढी आवेदन परिसकेको ग्रीनलाइफ हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले माघ २३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेकोमा सोमबारसम्म १ करोड ९५ लाख २० हजार ७० कित्ताका लागि १० लाख ७६ हजार ९१४ जनाले आवेदन दिएका छन् कम्पनीले सर्वसाधारणका लागि माघ २३ गते ३२ लाख ५१ हजार ५६२ कित्ता शेयर निष्काशन गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । जस्मा १ लाख ७४ हजार ८२० कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याएको थियो । ६९ हजार ९१८ कित्ता शेयर कर्मचारीको लागि र ३२ लाख ५१ हजार ५६२ कित्ता शेयर सर्वसाधारणका लागि जारी गरिएको हो ।

शेयरमा आवेदन दिन चाहने लगानीकर्ताहरूले घटीमा १० कित्तादेखि बढीमा १ लाखसम्मको आवेदन पेश गर्न सक्नेछन । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।