
बलेवा, २७ माघ । “वर्षौंदेखि लिभिङ टुगेदर बसेको हुन्छ, चार पाँच महिना फोन उठेन भने एक वर्षअघिको शारीरिक सम्पर्कलाई बलात्कार जनाउँदै उजूरी लिएर आउँछन्, व्यवहारिकता हेर्दा बलात्कार जस्तो देखिँदैन तर कानूनले त्यसो भन्दैन् ।”
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख लोकेन्द्र श्रेष्ठ प्रस्तुति दिँदै थिए । उनले बलात्कार र आत्महत्या दुरुत्साहनका मुद्दाले अनियमितता बढाएको बताए । पछिल्लो समय उजूरी लिएर प्रहरीमा आउने कयौं त्यस्ता घटना कानूनको नजरमा जायज र व्यवहारिकता हेर्दा नाजायज हुने गरेका घटना उनले सुनाए । “कोही कसैसँग सामान्य मनमुटावकै आधारमा उजूरी हुन्छ, हामी कानूनको पालकले प्रक्रिया थाल्नै पर्यो” उनी भन्छन, “प्रतिशोधका घटनाका कारण वास्तविक घटनाका पीडित मारमा परेका छन्, अर्को अनियमितता हो ।”
राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिद्वारा सोमबार आयोजित भौतिक पूर्वाधार तथा सुशासन सम्बन्धी अन्तक्र्रियामा सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि एकै ठाउँमा भेला भएका थिए । कार्यक्रममा अनियमितताका अनेक रुपको विषयमा चर्चा भयो । प्रहरी कार्यालयको तर्फबाट आफ्नो प्रस्तुति राखेका प्रमुख श्रेष्ठले पछिल्लो समय कानूनी झण्झट र दोहोरो अर्थ लाग्ने व्यवस्थाका कारण बाध्य भएर नागरिकले पाएको दुःखका विषयमा लामो चर्चा गरे ।
“एउटा ठाडो उजूरी लेखेका अधिवक्ताले हजारौंँ लिनुहुन्छ, उहाँहरुले कति लिने भन्ने कसले व्यवस्था गरेको छ ?” सभाहलमा उपस्थित सरोकारवालालाई प्रश्न गर्दै उनले भने, “उजूरी लेखाउने रकम नभएकै कारण पीडित फर्किने अवस्था छ । हामीले सबै उजूरी लेखिदिन मिल्दैन्, वकिलसापहरुको मनलाग्दी शुल्क अनियमितता हो कि हैन ?” उनले आमाको नामबाट नागरिकता लिने बेला पु¥याउनुपर्ने प्रक्रिया र बलात्कार, दुरुत्साहनजस्ता मुद्दामा सबै प्रकृतिका घटनालाई एउटै डालोमा राख्दा अनियमितताका शङ्खलाले बढवा पाएको दाबी गरे ।






गण्डकी, १० मङ्सिर । हिजोआज पर्यटकीय सहर पोखराको मौसम सफा छ । हिमाल, तालतलैया र…
पोखरा, १० मंसिर । पोखरा उद्योग वाणिज्य संघ तथा गरिमा विकास बैंक लिमिटेडको संयुक्त आयोजनामा…
बागमती, १० मङ्सिर। मकवानपुरमा पछिल्ला दुई वर्षमा चासो र चर्चामा आएको गन्तव्य हो, मकवानपुुरगढी गाउँपालिका–८…
काठमाडौं, १० मङ्सिर। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने… 



