
काठमाडाैं, १२ असाेज । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ५६ हजार ४३५ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ। संस्थाले सो शेयर बिक्रीका लागि ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ।
कम्पनीका अनुसार संस्थापक शेयरधनी किशोरी थापाको नाममा रहेको उक्त शेयर बिक्रीमा ल्याइएको हो।
यसअघि, नियमअनुसार उक्त शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरूलाई पहिलो प्राथमिकता दिँदै सूचना जारी गरिएको थियो। तर, तोकिएको समयसीमाभित्र संस्थापक शेयरधनीहरूबाट कुनै आवेदन नपरेपछि अहिले सर्वसाधारण व्यक्ति, कम्पनी वा संस्थाहरूले समेत खरिद गर्न पाउने गरी बिक्री खुला गरिएको हो।
उक्त शेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले आवश्यक कागजातसहित ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय (महालक्ष्मी–०४, ललितपुर) वा शेयर रजिष्ट्रार ‘कुमारी क्यापिटल लिमिटेड’ (नक्साल, काठमाडौँ) मा आवेदन दिन सक्नेछन्।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




