महालक्ष्मी लाईफ इन्स्योरेन्सले ६० करोडको शेयर जारी गर्ने

-



     सफल आवाज    
     माघ २८ गते २०७७ मा प्रकाशित



काठमाडौं, २८ माघ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको सर्वसाधारणका लागि शेयर निष्काशनको प्रक्रिया शुरु गरेको छ । बजारमा सेयर काराेबारकाे माग बढिरहेकाे बेला शेयर निष्काशन हुदा याे इन्स्योरेन्सकाे सेयर अत्यधिक बिक्री हुने कम्पनीले बिस्वास लिएकाे छ ।

महालक्ष्मीले स्थापनाको दुई वर्षको अवधिमा ६२ वटा शाखा र उपशाखाबाट कार्य गरिरहेको जनाएको छ । १६ हजार १९० जनालाई प्रशिक्षण दिएको, ९ वटा नयाँ कार्यक्रम ल्याएको र १६५ करोड बीमा शुल्क संकलन गरेको जनाईएको छ । कम्पनीको लगानी २५६ करोड रहेको छ ।

कम्पनीका अनुसार बीमाका सम्बन्धमा मानिसहरुमा विश्वसनियता जगाईरहन शहरदेखि गाउँसम्म बीमाको कार्यक्रमलाई लैजाने योजना रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/२०७६ को बीमा पोलिसि बोनस ५० रुपैयाँ ल्याएर नयाँ कम्पनी भएपनि राम्रो नतिजा ल्याउन सफल भएको बताएको छ ।

बीमा कम्पनीहरुमध्ये सबैभन्दा पछि आएको यो बीमा कम्पनीले महालक्ष्मी धनधान्य योजना ल्याएको बताएको छ । कम्पनीले नयाँ मनि ब्याक बीमा योजना महालक्ष्मी धनधान्य नीतिगत योजना ल्याएको हो ।