नेप्सेमा ८.६६ अंककाे बृद्धि, कारोबारमा ग्लोबल आइएमई बैंक सबैभन्दा अगाडी

-



     सफल आवाज    
     माघ २८ गते २०७७ मा प्रकाशित



काठमाडौं, २८ माघ । शेयर बजार आज सामान्य अंकले उकालो लागेको छ । आज नेप्से परिसूचक ८.६६ ले बृद्धि भएको हाे । यसरी बृद्धि भएको नेप्से २५४३.०३ विन्दुमा पुगेर रोकिएको छ । नेप्से आज ०.३४ प्रतिशतले वृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स २.५६ अंकले बढेर ४६५.१३ अंकमा पुगेको छ ।

आज १९१ कम्पनीको १ करोड ४९ लाख ६ हजार ७७ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ६४ करोड ९४ लाख ११ हजार ३९८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोबार गरेका १२ उपसमूहमा ५ वटा उपसमूह हरियाली छाउनेमा परेका छन् भने बाँकी ७ उपसमूहले रातो पाएका छन् ।

आज भएको कारोबार रकम हेर्दा ग्लोबल आइएमई बैंक लिमिटेडले सबैभन्दा बढी ५२ करोड २ लाख ५५ हजार रूपैयाँ बराबरको कारोबार गरेको छ ।