
फाइल तस्बिर
काठमाडौं, २८ माघ । नेकपा कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले प्रतिगमनको कदमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नसच्याए १० लाख जनता लगेर सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिएका छन् ।
नेकपा प्रचण्ड-माधव समूहले आ काठमाडौंमा आयोजना गरेको विरोध सभालाई संवोधन गर्दै प्रचण्डले जनताको विश्वासमाथि तुषारापात गरेकोले केपीबाट अलिअलि सरेको धूलोमैलो फाल्ने काम भईरहेको बताए । उनले भने, अब आन्दोलनले सफा गरिदिनेछौंं ।
मलाई अदालतप्रति भरोसा छ, प्रचण्डले भने निर्णय जनताको पक्षमा आउँछ । उनले थपे, काईते कुरामा कोहि पनि लाग्नु हुन्न र मैले नलाग भनेको हो । निर्वाचन आयोगलाई ओलीले नै धम्कि दिएका हुन । लोsतन्त्रमाथि घात गर्ने र धम्कि दिने अनि यो सुहाउने कुरा हो ? प्रचण्डले प्रश्न गरे ।
प्रचण्डले नेपाल अनि सुखि नेपाली बनाउने सपनामा घात भएको आरोप पनि लगाए । साथै उनले भने, संवैधानिक निकायमा बसेकाहरुले जनताको भावना पढुन, जनताले के चाहिरहेको छ । आन्दोलन जारि छ, अहिले पाँच लाख जनता आएको मात्र कुरा होईन, प्रतिगमन नसच्याए केपीलाई अर्को पटक १० लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्न आउन नपरोस् । प्रचण्डले घोषित चुनावलाई नाटकको संज्ञा दिए ।
हामी जनतासंग गरेको प्रतिबद्धता अनुसार नै चल्छौं । तर जनताको अगाडी बाँडेका प्रतिबद्धता अनुसार काम नभएपछि त्यसलाई लत्याउने केपीको प्रतिगमन विरुद्ध उत्रिनुपरेको हो उनले भने । हामीलाई थाहा छ, केपीबाट माखो मर्दै मर्दैन । सुकुम्वासीको माग केपीले पूरा गर्दैनन् । मलाई के लाग्छ भने, गलत मान्छेको हातमा नेतृत्व भयो भने बर्बाद हुने रहेछ । अहिले त्यहि भईरहेको छ, हो त्यसैलाई हामी रोक्न खोजिरहेका छौं, प्रचण्डले भने ।
भाषणमा प्रचण्डले चाहाना पनि व्यक्त गरे । मेरो संकल्प मेरो जीवनमा देशलाई समृद्ध बनाउनु बाहेकको अर्को सपना हुनै सक्दैन । बाँकी जीवन जनताको हितका लागि लगाउने प्रतिज्ञा गर्छु । कसैले सजिलो नठाने हुन्छ, जनतालाई नहेपे हुन्छ । उनले भने, सामन्ती शासनलाई फाल्ने केपी होईनन्, माधव नेपाल, झलनाथ खनाल र प्रचण्डको टीम हो, उनले सार्वजनिक दावि गरे ।
प्रचण्डले कांग्रेस, जनता समाजवादीलाई भ्रममा नपरी प्रतिगमन विरुद्धको आन्दोलनमा हातेमालो गर्न आग्रह पनि गरे । उनले भने, लोकतन्त्रको नेपालमा हत्या भईरहेको छ, अन्तर्राष्ट्रिय लोकतन्त्रवादीहरुको सहयोग चाहिएको छ । प्रचण्डले भने, बेष्ट ब्रेन, हाम्रो साथमा छन् । नराम्रा दिमागहरु उतै छन् । चीडिया खानामा लैजानुपर्छ भन्नेलाई जवाफ हो, उनले भने । नेपाल प्रचण्ड-माधव समूहले प्रतिगमन नसच्चिएसम्म आन्दोलन जारिरहने र छिट्टै अर्को आन्दोलनको कार्यक्रम घोषणा हुने नेता लीलामणि पोख्रेल पोखरेलले जानकारी गराए ।






गण्डकी, १० मङ्सिर । हिजोआज पर्यटकीय सहर पोखराको मौसम सफा छ । हिमाल, तालतलैया र…
पोखरा, १० मंसिर । पोखरा उद्योग वाणिज्य संघ तथा गरिमा विकास बैंक लिमिटेडको संयुक्त आयोजनामा…
बागमती, १० मङ्सिर। मकवानपुरमा पछिल्ला दुई वर्षमा चासो र चर्चामा आएको गन्तव्य हो, मकवानपुुरगढी गाउँपालिका–८…
काठमाडौं, १० मङ्सिर। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने… 



