नेकपा नेतृ झाँक्री राज्य विरुद्ध कसूरकाे आरोपमा पक्राउ

-



     सफल आवाज    
     माघ २९ गते २०७७ मा प्रकाशित



काठमाडौं, २९ माघ । नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले आज पक्राउ गरेको छ । काठमाडाैं शंखमुलस्थित निवासमै गएर प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ गर्ने समयमा झाँक्रीलाई प्रहरीले राज्य विरुद्धको कसूर गरेको लिखित पक्राउ पूर्जी थमाएको थियो ।

राज्यविरुद्धको कसूर, दफा ५८ अनुसार प्रहरीले झाक्रिलाई पक्राउ पूर्जि दिएपछि झाँक्रीले गिरफ्तारी दिएकी हुन ।

यस प्रकारको कसूर गर्नेलाई ७ वर्षसम्मको कैद तथा ७० हजार रुपैयाँ सम्मको जरिवाना वा दुबै सजाय हुने कानूनी व्यवस्था रहेको छ । झाँक्री पक्राउ परेपछि उनका समर्थकले सरकार विरुद्ध नारावाजी गरेका थिए ।