

बेइजिङ, ३० माघ । चिनियाँ परम्परागत वसन्त चाडको अघिल्लो दिन विहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग टेलिफोन वार्ता गरी वसन्त चाडको शुभकामना ज्ञापन गर्नुका साथै द्विपक्षीय सम्बन्ध र महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलाबारे गहिरो रूपमा बैचारिक आदान-प्रदान गरेका छन् ।
अमेरिकामा नयाँ सरकार बनेयता चीन र अमेरिकाका शीर्ष नेताबीच प्रत्यक्ष टेलिफोन वार्ता भएको यो पहिलो पटक हो। जसबाट द्विपक्षीय सम्बन्ध सुधार गर्ने दुई नेतामा राजनीतिक इच्छा देखिएको छ।
सबैलाई थाहा छ कि वसन्त चाड चिनियाँको सबैभन्दा महत्वपूर्ण महोत्सव हो। यस चाडको पूर्वसन्ध्यामा दुई देशका शीर्ष नेताबीच टेलिफोन वार्ता स्वयं नै सक्रिय र सकारात्मक संकेत हो।
वार्तामा चिनियाँ नेता सीले विगत आधा शताब्दीमा चीन र अमेरिका सम्बन्ध विकास भएको प्रकृयाबारे समीक्षा गरी दुई देशबीच सहयोग भए साझा फाइदा हुन्छ तर द्वन्द्व भए सबैलाई हानी हुने दोहोर्याए ।
चीन-अमेरिका सम्बन्धलाई सही बाटोमा पुन फर्काउनका लागि मतभेद नियन्त्रण गरी सहयोग गर्नु नै प्रमुख विषय हो। त्यसबारे दुई पक्षले पनि उस्तै इच्छा देखाएका छन्। वार्तामा सीले दुई देशका कुटनीतिक, आर्थिक, बैकिङ्ग, कानुन कार्यन्वयन, सेनालगायत विभागबीच सम्पर्क गरी विभिन्न वार्ता संयन्त्रको स्थापना गरेर आपसी राजनीतिक लक्ष्यलाई सही तरिकाले बुझ्ने प्रस्ताव प्रस्तुत गरे ।

चीन र अमेरिकाका नेताले असामान्य क्षमता र साहस देखाउनसक्ने सबैको अपेक्षा छ। विशेष गरी अमेरिकाले यस पटको वार्ताको भावनालाई व्यवहारमा उतारी चीनसँग दुई देश सम्बन्धको सुधार गर्नसक्ने आशा रहेकाे सिआरआइले लेखेकाे छ।








काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको…
ललितपुर, ८ मङ्सिर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण…
केप क्यानभेरल (फ्लोरिडा), ८ मङ्सिर। वैज्ञानिकहरूले ब्रह्माण्डको उत्पत्ति भएको बिग ब्याङपछि करिब ६३ करोड वर्षमै… 




