उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना

-



     सफल आवाज    
     माघ ३० गते २०७७ मा प्रकाशित



काठमाडाैं, ३० माघ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

राती देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आइतबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ भने बांकी भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ भने बांकी भागमा मौसम सामान्यतया सफा रहनेछ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेकाे छ ।