
काठमाडौं, ६ मंसिर । कुमारी बैंक लिमिटेडले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि एन–ट्यागको बिक्री तथा वितरण सेवा सुरू गरेको छ ।
एन–ट्याग विद्युतीय टोल भुक्तानी प्रणाली हो। जसले सवारीधनीहरूलाई टोल बुथमा नरोकिई छिटो, सहज तथा नगदरहित रूपमा टोल शुल्क भुक्तानी गर्न सहज बनाउछ । एन–ट्यागको स्टिकर सवारीमा टाँसेपछि एन–ट्यागबाट आफैँ रकम कट्टा भई सुरुङमार्ग हुँदै यात्रा गर्न सकिने बताइएकाे छ । यसले टोलमा हुने भीडभाड र लामो लाइनको झन्झट कम हुनुका साथै यात्राको समयसमेत बचत गर्नेछ ।
ग्राहकहरूले सवारीसाधनको ब्लुबुक, नागरिकता वा राष्ट्रिय परिचयपत्र, पासपोर्ट साइजको फोटो तथा मोबाइल नम्बरका साथ नजिकैको कुमारी बैंक शाखाबाट सहज रूपमा एन–ट्याग प्राप्त गर्न सक्नेछन् । साथै, N-Tag सम्बन्धी थप जानकारी कुमारी बैंकको वेबसाइटमा हेर्न सकिनेछ । उक्त वेबसाइटमार्फत नै अनलाइन एन–ट्याग दर्ता गर्ने प्रक्रिया पनि पूरा गर्न सकिने बैकले जनाएकाे छ ।








काठमाडौं, ६ मङ्सिर। काठमाडौँको उत्तरी भेगस्थित ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वको बूढानीलकण्ठ मन्दिरमा हरिबोधिनी…
जुम्ला, ६ मङ्सिर। जुम्लामा चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो चौमासिकमा पुँजीगत खर्च करिब ४…
मुस्ताङ, ६ मङ्सिर। नेपाल–चीन सीमा कोरलानाबाट चालु वर्षको पहिलो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन…
काठमाडौं, ६ मङ्सिर। घरजग्गा तथा निर्माण व्यवसायलाई चलायमान बनाउने, स्वदेशी लगानी आकर्षित र रोजगारीका नयाँ… 




