किएभ क्षेत्रमा रुसी आक्रमणमा १४ जनाको मृत्यु

-



     सफल आवाज    
     मंसिर ७ गते २०८३ मा प्रकाशित



डायमर, ७ मङ्सिर । युक्रेनको किएभ क्षेत्रमा रुसी हवाई आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी घाइते भएका छन् । आक्रमणबाट भत्किएको आवासीय भवनको भग्नावशेषमा पुरिएकाहरूको खोजीमा उद्धारकर्मीहरू खटिएका छन् ।

किएभबाट करिब ४५ किलोमिटर उत्तरमा रहेको डायमरमा पाँचतले भवनको एक भाग भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारी तिमुर ताकाचेन्कोले बताउनुभयो ।

भिश्नेभको सुपरमार्केटमा भएको आक्रमणमा तीन जनाको मृत्यु र तीन बालबालिकासहित १५ जना घाइते भएका छन् । बिला सेरक्वामा निजी घरमा भएको आक्रमणमा थप एक जनाको मृत्यु भएको छ । युक्रेनको राज्य आपत्कालीन सेवाका अनुसार डायमरमा मृतकमध्ये एक किशोरी र चालीस वर्षकी महिला छन् ।

उद्धारकर्मीहरूले ७९ वर्षीया महिला र एक बालकसहित केही व्यक्तिलाई जीवितै उद्धार गरेका छन् । भग्नावशेषमा पुरिएका तथा सम्पर्कमा आउन नसकेका व्यक्तिको खोजी जारी छ ।

यसैबीच, रुसले युक्रेनको ऊर्जा पूर्वाधारमाथि आक्रमण तीव्र पारेको छ । ड्निप्रोपेट्रोभस्क क्षेत्रको विद्युत् सबस्टेसनमा पनि आक्रमण भएको प्रधानमन्त्री सेर्गी कोरेत्स्कीले बताउनुभएको छ । जाडोयाम नजिकिँदै गर्दा ऊर्जा संरचनामाथिका आक्रमणले युक्रेनको अवस्था थप कठिन बनाएको छ ।