
सियोल, ७ मङ्सिर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता हुन नसकेको केही दिनपछि उत्तर कोरियाली नेता किम जोङ उनले राष्ट्रिय सार्वभौमिकता र सुरक्षालाई प्राथमिकता दिँदै वैदेशिक सम्बन्ध विस्तार गर्ने बताउनुभएको छ ।
राज्य सञ्चारमाध्यम केसीएनएका अनुसार नयाँ नियुक्त राजदूतहरूबाट ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै उहाँले स्वतन्त्रता, शान्ति र मित्रतामा आधारित विदेश नीति अघि बढाउने बताउनुभएको हो ।
कार्यक्रममा रुसका लागि नियुक्त राजदूत पनि सहभागी हुनुहुन्थ्यो । किमले बढ्दो विश्वव्यापी सुरक्षा सङ्कट तथा राजनीतिक र आर्थिक अस्थिरताबीच उत्तर कोरियाले प्रभुत्व वा विस्तारको नीति नअपनाउने बताउनुभयो । सामान्यतया वरिष्ठ अधिकारीले गर्ने राजदूतहरूको प्रमाणपत्र ग्रहण समारोहमा उहाँ स्वयं विदेशमन्त्री चो सोन हुईसँग उपस्थित हुनुभएको थियो ।
गत साता एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका लागि चीन पुग्नुभएका ट्रम्पले किमसँग भेट्ने प्रयास गर्नुभएको थियो । तर, भेटको व्यवस्था हुन नसकेपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि उहाँ बिहीबार एसियाबाट फर्किनुभएको थियो ।








नयाँ दिल्ली (भारत), ७ मङ्सिर। प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट…
नयाँ दिल्ली, ७ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल लगानीका लागि…
काठमाडौं, ७ मङ्सिर। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती नदीलाई सफा बनाई…
डायमर, ७ मङ्सिर । युक्रेनको किएभ क्षेत्रमा रुसी हवाई आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ… 




