
काठमाडौं, ८ मङ्सिर। दशौँ राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु हुँदैछन् । औपचारिक उद्घाटन यही मङ्सिर १६ गते हुने भए पनि केही खेल भने आजदेखि नै सुरु हुन लागेका हुन् ।
आजदेखि पाँच खेलमा प्रतिस्पर्धा सुरू हुनेछ । जसमा महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सार्वजनिक गरेको तालिकाअनुसार कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमै केन्द्रित हुनेछन् । प्रतियोगिताको सबै तयारी पूरा भइसकेको छ ।
विभिन्न प्रतियोगितामा सहभागी खेलाडी सुर्खेत पुगिसकेका छन् । बाँकी नौ खेलमध्ये कर्णाली प्रदेशका सल्यान, दैलेख, कालीकोट, जुम्ला र रुकुम पश्चिम तथा छिमेकी लुम्बिनी प्रदेशको नेपालगञ्ज र बर्दियामा हुने छ । दशौँ राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र एनआरएनए गरी ११ टिम सहभागी हुने छन् ।
प्रतियोगिताका ३८४ इभेन्ट्समा कूल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ । यस संस्करणदेखि रजत र कास्य पदक विजेतालाई पहिलोपटक नगद पुरस्कारको व्यवस्था गरिएको छ । यही मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा प्रतियोगिताको औपचारिक उद्घाटन र मङ्सिर २७ गते समापन हुनेछ ।








काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको…
ललितपुर, ८ मङ्सिर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण…
केप क्यानभेरल (फ्लोरिडा), ८ मङ्सिर। वैज्ञानिकहरूले ब्रह्माण्डको उत्पत्ति भएको बिग ब्याङपछि करिब ६३ करोड वर्षमै…
काठमाडौं, ८ मंसिर । आकाश क्यापिटल लिमिटेड अबदेखि कामना सेवा क्यापिटल लिमिटेडकाे नामबाट संचालन हुने… 




