
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती प्रदेशस्तरीय नवप्रवर्तन उद्यमी सम्मान प्राप्त गरेको छ ।
उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय बागमती प्रदेशले आयोजना गरेको १२औँ उद्योग दिवस तथा नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रममा फर्मले ७१ अङ्क प्राप्त गर्दै प्रदेशमै दोस्रो स्थान हासिल गरेको हो । फर्मलाई ‘जिल्लाको उत्कृष्ट उद्यमी’ पुरस्कारबाट सम्मान गरिएको छ ।
रु ७५ हजार राशिसहित फर्मका अध्यक्ष शारदा घलेलाई बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सम्मान गर्नुभएको हो । सिन्धुपाल्चोकमा सञ्चालन हुँदै आएको अरनिको कृषि तथा पशुपालन फर्मले विशेष कफी उत्पादन, स्थानीय कृषि उपज, कृषि पर्यटन, आतिथ्य सत्कार तथा सीप विकासका क्षेत्रमा काम गर्दै आएको छ ।
फर्मले स्थानीय किसान र उत्पादनलाई प्रोत्साहन गर्दै उद्यमशीलताको विकासमा योगदान पु¥याउँदै आएको छ । प्रदेशस्तरमै दोस्रो स्थान हासिल गर्न सफल भएकामा खुसी व्यक्त गर्दै फर्मका सञ्चालक घलेले यो उपलब्धि किसान, कर्मचारी, साझेदार, ग्राहक तथा आफ्नो अभियानमा विश्वास गर्ने सबैप्रति समर्पित गरेको जनाएको छ ।
सम्मानले थप मेहनत गर्न, नयाँ अवसर सिर्जना गर्न र स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पु¥याउन प्रेरणा मिलेको उहाँले बताउनुभयो ।






काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ…
नारायणगढ (चितवन), १० मङ्सिर. चीनको छोङछिङस्थित कृषि विज्ञान प्रतिष्ठानबाट प्राप्त प्राविधिक सहयोगमा हाइब्रिड धानको परीक्षण…
रूपन्देही, १० मङ्सिर. नेपाल र भारतबीच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध… 



