लक्ष्मी सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     मंसिर ११ गते २०८३ मा प्रकाशित



काठमाडौं, ११ मङ्सिर । लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज (मंसिर ११ गते, शुक्रबार) अन्तिम दिन रहेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले आगामी मंसिर १४ गते, सोमबार बुकक्लोज (Book Close) गर्ने निर्णय गरेको छ। यस अनुसार आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहने शेयरधनीहरूले मात्र बैंकको आगामी साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले आगामी मंसिर २५ गते, शुक्रबार काठमाडौँको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान १० बजे आफ्नो २६ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।

साधारण सभाका मुख्य प्रस्तावहरू:

  • लाभांश वितरण: हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव।
  • अन्य प्रस्तावहरू: बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने तथा आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका नियमित प्रस्तावहरू पारित गरिनेछ।