
पोखरा २ फागुन । बुद्ध विशाल बजार ब्यापारिक एशोसियसन पोखराको २२औँ साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष नारायण कोइरालाले बुद्ध विशाल बजार ब्यपारिक एशोसियसन पोखराको एक नमूना एशोसियसन रहेको बताउदै वर्तमान राजनितिक अवस्थाले व्यावसायीक साथीहरुलाई ठुलो असर पर्ने अवस्था रहेको बताए ।
बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष केशब वहादुर खत्रीले ब्यवसायीको हकहितको लागी आफुले जस्तोसुकै मुल्य पनि चुकाउन तयार रहेको बताए । ग्राहकहरुलाई गुणस्तरीय सामानहरु लिनको लागी पोखराको एक मात्र ठाँउ बुद्ध विशाल बजार रहेको बताए ।
कार्यक्रममा एशोसियसनका निवर्तमान अध्यक्ष प्रदिप मुल्मीले बुद्ध विशाल बजार ग्राहकहरुको पहिलो रोजाई रहेको बताउदै समय अनुसार बजारलाई पनि थप सुविधासहित पुननिर्माण गरीएको बताए ।
कार्यक्रममा फेन्सी तथा रेडिमेड व्यासायी संघका अध्यक्ष राजु पौडेल एशोसियसनका सल्हाकार ध्रुव रेग्मी, माधव प्रसाद सिग्देल, थोक व्यवसायी संघका अध्यक्ष टामलाल घिमिरे, कस्मेटिक व्यवसायी संघका उपाध्यक्ष दुर्गा वराल, सर्वेश्वर व्यवसायी समिति अध्यक्ष एक नारायण पनेरु, सांघुमुख व्यवसायी संघका अध्यक्ष सुर्यराज त्रिपाठी लगाएतले बाेलेका थिए ।






काठमाडौं, १० मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा “ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६” प्रतियोगिता…
गण्डकी, १० मङ्सिर । हिजोआज पर्यटकीय सहर पोखराको मौसम सफा छ । हिमाल, तालतलैया र…
पोखरा, १० मंसिर । पोखरा उद्योग वाणिज्य संघ तथा गरिमा विकास बैंक लिमिटेडको संयुक्त आयोजनामा…
बागमती, १० मङ्सिर। मकवानपुरमा पछिल्ला दुई वर्षमा चासो र चर्चामा आएको गन्तव्य हो, मकवानपुुरगढी गाउँपालिका–८… 



