
काठमाडौं, २ फागुन । साताको पहिलो दिन आईतबार आज शेयर बजार ओरालो झरेकाे छ । आज शेयर बजार दोहोरो अंकले घटेको हाे । नेप्से परिसूचक ३३.३३ अंकले घटेको छ भने २४९३.५९ अंकमा पुगेर रोकियाे । नेप्से १.३२ प्रतिशतले घट्याे भने सेन्सेटिभ इण्डेक्स ९.३१ अंकले घटेर ४५४.१२ अंकमा पुगेर राेकियाे ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०२ वटा कम्पनीको १ करोड ४८ लाख ५१ हजार ५९२ कित्ता शेयरको खरिदबिक्रीबाट ६ अर्ब ९२ करोड ७६ लाख ६८ हजार ९३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार गरेका १२ वटा उपसमूहहरूमा एउटाले मात्रै हरियो पाएको छ । बाँकी ११ सबै राताम्य देखिएका छन् अर्थात यी सबैको शेयर घटेको छ । आज म्युचुअल फण्ड उपसमूह मात्रै हरियोमा अर्थात शेयर बढेको उपसमूहमा परेको छ ।
नेकाे इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी ५२ करोड ३३ लाख ६७ हजार रुपैया बराबरको कारोबार गर्न सफल भएको छ ।








काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा… 



