
काठमाडौं, ३ फागुन । नेपाल राष्ट्र बैंकले सेयर धितो र घर कर्जा सम्बन्धी विद्यमान व्यवस्था कम्तिमा ३ महिना यथावत राखेको छ । सेयर धितो कर्जाको सिमा घट्ने व्यापक हल्लाका बीच राष्ट्र बैंकले सेयर धितो सम्बन्धी कर्जाको वर्तमान व्यवस्थालाई निरन्तरता दिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कम्तिमा ३ महिना त्यसमा कुनै पुनरावलोकन नहुने स्पष्ट पारेका छन् ।
हाल सेयर धितोमा ७० प्रतिशतसम्म कर्जा पाइन्छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सेयर धितो ऋणको सीमा ६५ प्रतिशतबाट ७० प्रतिशत पुर्याएको थियो । हाल १८० दिनको सेयर मूल्यको अन्तिम मूल्यका आधारमा दिइने ऋण १२० दिनको अन्तिम मूल्यमा दिइने नीति राष्ट्र बैंकले लिएको छ । सेयर सेयर कर्जा प्रति ग्राहक बढिमा ५० लाखसम्म मात्र पाइने व्यवस्था छ ।
राष्ट्र बैंकले आवासिय तथा घर कर्जाको सिमा पनि आगामी ३ महिनासम्म थपघट नहुने सुनिश्चित गरिदिएको छ । हाल उपत्यका भित्र आवासिय तथा घर कर्जाको सिमा धितोको ५० प्रतिशत कायम छ भने उपत्यका बाहिर ६० प्रतिशत छ । यो व्यवस्था चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत ल्याएको थियो । त्यस अघिसम्म त्यस्तो सुबिधा उपत्यका भित्र ४० प्रतिशत र उपत्यका बाहिर ५० प्रतिशत मात्रै थियो ।

‘विभिन्न प्रयोजनका लागि ऋण धितो मूल्य अनुपात तोकी प्रवाह भएका कर्जामा कोभिडले सिर्जना गरेको असहज परिस्थितिको समयमा चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएको नियामकीय सहजीकरणलाई यथावत् राखिएको छ । आर्थिक क्रियाकलाप सामान्य हुदै गएसँगै ऋण धितो मूल्य अनुपात सम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने व्यवस्था गरिनेछ ।’ राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा भनेको छ ।






काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा… 



