पोखरा लेडी जेसीजकाे नेतृत्व विकास तालिम

-



     सफल आवाज    
     फागुन ३ गते २०७७ मा प्रकाशित



पाेखरा, ३ फागुन । पोखरा लेडी जेसीजले नेतृत्व विकास तालिम सम्पन्न गरेकाे छ । जेसीजले आदर्श समाज महिला समूह र पुरानोधारा निवासी दिदी बहिनीहरूलाई लक्षित गरी नेतृत्व विकास तालीम आयाेजना गरेकाे हाे ।

जेसी गणेश गिरी प्रमुख अतिथि रहेकाे कार्यक्रममा पोखरा लेडी जेसीजका पूर्व अध्यक्षहरु सिनेटर बसन्त के सी, सीता पाण्डे, मिनु कुँवर र पूर्ब अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०१४ का राष्ट्रिय कार्य कार्यकारिणी उपाध्यक्ष संगीता पौडेलकाे उपस्थिति रहेकाे थियाे ।

समुदायलाई लक्षित गरी गरिएको नेतृत्व विकास तालिममा आदर्श महिला समूहले सहकार्य गरेकाे थियाे । पोखरा लेडी जेसीजले संस्थाका सदस्य र समाजलाई परिवर्तनका लागि नेतृत्त्व विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेकाे अध्यक्ष कमला शर्मा कँडेल (बिनिता)ले बताइन । कार्यक्रममा सहभागिकाे तर्फबाट जेसी सकुन पौडेल तथा सीता ढुङ्गानाले तालिम अवधिमा भएका उपलव्धिकाे बारेमा बाेलेका थिए ।

आदर्श महिला समूहकी अध्यक्ष भगवती कोइराला, आदर्श समाज सामाजिक संस्थाका अध्यक्ष भीमदेव ढुङ्गानाको उपस्थिति रहेको कार्यक्रमकाे सभाअध्यक्ष पोखरा लेडी जेसिज वर्ष २०२१ का अध्यक्ष जेसी कमला शर्मा कँडेल (बिनिता ) गरेकी थिइन ।