
काठमाडौं, ३ फागुन । सोमबार आज नेप्से अधिक अंकले बृद्धि भई नयाँ रेकर्ड कायम भएको छ । आज नेप्से परिसूचक ९२.४२ अंकले बृद्धि भएर २५८६.०१ विन्दुमा गएर रोकिएको छ । नेप्से ३.७१ अंकले बढेको छ भने सेन्सेटिभ इण्डेक्स १५.३३ अंकले बृद्धि भएर ४६९.४४ अंकमा पुगेको छ ।
आज २०५ वटा कम्पनीको २ करोड २४ लाख ४७ हजार १५७ कित्ता शेयर खरिदबिक्री भएको छ भने त्यसबाट १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार ६६९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज १२ वटा उपसमूहको कारोबार भएकोमा सबैमा हरियाली छाएको छ । आज ३० बढी कम्पनीहरुको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको देखिएको छ भने ११ वटा कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको बृद्धि देखिएको छ ।
आज भएको कारोबारलाई हेर्ने हो भने निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी ७० करोड ४८ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ ।
अर्थक्षेत्रका जानकारहरुले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको असर पूँजी बजारमा सकारात्मक भएपछि आज शेयर बजारमा उत्साह छाएको हो । केन्द्रीय बैंकले आईतबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको थियो । जस्काे नकारात्मक प्रभाव परेन । राष्ट्र बैंकको समीक्षासंगै शेयर बजारमा नकारात्मक प्रभाव पर्छ कि भनि गरिएको आशंका त्यतिकै सेलाएको छ ।








पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



