एनएमबि बैंकको सीईओमा पुनः केसी नियुक्त

-



     सफल आवाज    
     फागुन ६ गते २०७७ मा प्रकाशित



काठमाडौं, ६ फागुन । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन सुनिल केसी नियुक्त भएका छन् । बैंकको सीईओ नै रहेका केसीलाई बैंक सञ्चालक समितिले पुनः चार वर्षका लागि नियुत्ति गर्ने निर्णय गरेको हो ।

सीईओ केसीको कार्यकाल यहि फागुन महिनामा सकिन लागेको थियो । बुधबार बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा बसेको सञ्चालक समितिले चैत १ देखि लागू हुने गरी केसीलाई पुनः सीईओमा नियुक्त गरेको बताइएकाे छ ।