नेप्से २६३६.६८ विन्दुमा पुगेर रेकर्ड ब्रेक, कारोबारमा एनआईसी एशिया बैंक अब्बल

-



     सफल आवाज    
     फागुन ६ गते २०७७ मा प्रकाशित



काठमाडौं, ६ फागुन । साताको शेयर कारोबार हुने आज अन्तिम दिन शेयर बजारमा अहिलेसम्म्कै नयाँ रेकर्ड कायम भएको छ ।

विशेषतः बैंकिङ समूहहरुमा आएको चमकको कारण नेप्से २६०० विन्दुमाथि रहिरहन सक्षम भएको छ । बैंकहरुको शेयर मूल्य, लाभांश पनि राम्रो, वित्तीय अवस्था लगायतका कारणले सबल रहेकाले लगानीकर्ताहरु आाकर्षित भएको आकलन गरिएको छ ।

आज नेप्से परिसूचक २५.२३ अंकले बृद्धि भएर २६३६.६८ विन्दुमा पुगेको छ । आज नेप्से ०.९७ प्रतिशतले बढेको हो । सेन्सेटिभ इण्डेक्स ६.७७ अंले बृद्धि भएर ४८१.७८ विन्दुमा पुगेकाे छ ।

आज जम्मा २०६ कम्पनीको १ करोड ९६ लाख ४६ हजार ५७८ कित्ता शेयर खरिदबिक्री भएकाेमा ८ अर्ब ७६ हजार २१ लाख ४६ हजार ७८५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज १२ वटा उपसमूहमा ९ वटा उपसमूहमा हरियाली छाएको छ अर्थात शेयर बढेको छ । बाँकी रहेका ३ वटा उपसमूहमा भने रातो लागेको छ अर्थात यी समूहको शेयर घटेको छ ।

आजको शेयर कारोबारलाई हेर्दा एनआईसी एशिया बैंकले सबैभन्दा बढी ५६ करोड १ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ ।