
बेइजिङ, ७ फागुन । चिनियाँ परम्परागत चाड वसन्त चाडको बिदामा १.४ अरब चिनियाँ उपभोक्ताहरूले कति पैसा खर्च गरेका छन्? उत्तर यस्तो छः ८ खर्ब चिनियाँ युआन भन्दा बढी।

चीनको वाणिज्य मन्त्रलायले फेब्रअरी १७ तारिख सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क बमोजिम, वसन्त चाडको बिदामा चीनभरि खुद्रा बिक्री र भोजन व्यवसायहरूमा गरिएको बिक्रीमा संलग्न रकम ८ खर्ब २१ अरब चिनियाँ युआन बराबर भएको छ जुन गत वर्षको सोही अवधिको तुलनामा २८.७ प्रतिशतले वृद्धि भएको छ। चिनियाँ नव वर्षमा उपभोग्य क्षेत्रमा पाइएको उपलब्धिबाट के अड्कल गरिएको छ भने नयाँ वर्षमा चिनियाँ अर्थतन्त्रमा उपभोग्यबाट नयाँ जीवन्त शक्ति थपिँदै जाने छ।

अझ राम्रो जीवन बिताउन चाहेका १.४ अरब चिनियाँहरू नै चिनियाँ अर्थतन्त्रको शक्तिशाली इन्जिन हुन्। भर्खरै गएको सन् २०२०मा कोरोना महामारीको असर परेतापनि चिनियाँहरूको उपभोग्य खर्च सम्पूर्ण जीडीपीको ५४.३ प्रतिशत ओगटेको छ जुन बितेका वर्षहरूमा सबभन्दा उच्च स्तरमा पुगेको छ। वसन्त चाडको ठूलो उपभोग्यबाट चिनियाँ उपभोग्य बजारको परिधि मात्र होइन निहित शक्ति पनि ठूलो भएको प्रतिविम्वित गरिन्छ।
मोर्गन स्टान्ली कम्पनीले हालै सार्वजनिक गरेको अनुमान बमोजिम, आउने १० वर्षमा चिनियाँहरूको उपभोग प्रतिवर्ष ७.९ प्रतिशतले वृद्धि हुने छ जुन विश्वमा सबभन्दा उच्च स्तर हो।

विश्वको दोस्रो ठूलो आर्थिक एकाइ चीनमा उपभोग्य बजारमा जीवन्त शक्ति भरिएकोबाट विश्व अर्थतन्त्रको लागि सुखद खबर हो। गुणस्तरप्रति चिनियाँ उपभोक्ताहरूको माग बढ्दा आयात उत्पादित वस्तुको माग पनि बढिरहेको छ। विश्वका व्यापारीहरूले चिनियाँ बजार र चिनियाँ उपभोक्ताको चासो बुझेमा थाहा पाउन सक्ने छन् कि चिनियाँ बजार वास्तविक अन्तर्राष्ट्रिय बजार हो, जहाँ ठूलो जीवन्त शक्ति र अधिक विकासको मौका पाइन्छ। चलाख व्यापारीहरूले मौका गुमाउन नहुने सिआरआइले लेखेको छ ।








काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको…
ललितपुर, ८ मङ्सिर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण… 




