सिन्धु विकास बैंकले लगानीकर्तालाई बनायो निराश, एक रुपैयाँ पनि लाभांश नदिने

-



     सफल आवाज    
     फागुन ७ गते २०७७ मा प्रकाशित



काठमाडौं, ७ फागुन । सिन्धु विकास बैंकले गत आर्थिक वर्षको मूनाफाबाट लगानीकर्ताहरुलाई लाभांश नदिने भएको छ । बैंकले नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गर्दै लगानीकर्ताहरुलाई यसपाली एक रुपैयाँ पनि लाभांश नदिने बताएको हो ।

बैंकले लाभांश नदिने भए पछि लगानीकर्ताहरु निराश भएका छन् । बिहीबार साझा बसेको बैंक सञ्चालक समितिले यस्तो निर्णय गरेको हो । बैंकले वित्तीय विवरण भने स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो ।