
पोखरा, ७ फागुन । मेगा बैंक लि. ले पोखराको चरक मेमोरियल हस्पिटलमा एटिएम काउन्टर खोलेको छ ।
काउन्टरको शुक्रबार एक समारोहबीच बैंकका गण्डकी प्रदेश प्रमुख ज्ञानेन्द्र पन्त र अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले उद्घाटन गरेका हुन् ।
एटिएम काउन्टर स्थापनासँगै अस्पतालमा उपचारार्थ आउने बिरामीहरुको लागि सुविधा हुने विश्वास गरिएको छ ।
चरक मेमोरियल निजी स्तरबाट संचालित अस्पतालमध्ये गण्डकी प्रदेशकै ठूलो अस्पतालको रुपमा परिचित छ ।
यसैबीच गत असारमा गण्डकी विकास बैंकलाई गाभेर बृहत् बनेको मेगा बैंक नेपालमा बाणिज्य बैंकहरुमा उत्कृष्टमध्ये पर्दछ । बैंकको प्रधानकार्यालय काठमाडौंमा छ ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



