
काठमाडौं, ९ फागुन । साताको पहिलो दिन आज शेयर बजारमा सामान्य सुधार भएको छ भने सेन्सेटिभ इण्डेक्स घटेको छ । शेयर खरिदबिक्रीमा उत्साह कायम रहँदा नेप्सेमा भने सामान्य बृद्धि भएको छ ।
आज पनि नेप्से २६०० विन्दुमाथि जान सफल भएको छ । नेप्से परिसूचक ३.६६ अंकले बृद्धि भई २६४०.३४ विन्दुमा पुगेको हो । नेप्से आज ०.१४ अंकले बृद्धि भएको हो । आज सेन्सेटिभ इण्डेक्स भने २.२० अंकले घटेर ४७९.५८ विन्दुमा रहेको छ ।
आज २०७ कम्पनीको शेयर कारोबार भएको छ । २ करोड ४३ लाख ५ हजार ६६ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ८३ करोड ४६ लाख ३ हजार ९६७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज १२ उपसमूहको शेयर कारोबार भएकोमा ५ वटा उपसमूहमा रातो लागेको छ अर्थात उनीहरुको शेयर घटेको छ । बाँकी ७ समूहका भने हरियाली छाएको छ अर्थात उनीहरुको शेयर बढेको छ ।
आज रातो लागेका उपसमूहरुमा बैंकिङ, फाइनान्स, नीर्जिवन बीमा, माइक्रोफाइनान्स र जीवन बीमा रहेका छन् । हरियो पाएकाहरुमा व्यापार, होटल्स, विकास बैंक, हाइड्रोपावर, उत्पादन, अन्य तथा म्युचुअल फण्ड रहेका छन् ।
आज भएको कारोबारलाई हेर्ने भने सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको ६१ करोडभन्दा बढी रुपैयाँ बराबरको कारोबार भएको छ । आज तामाकोशी, शीव श्री हाइड्रोपावर, नेपाल इन्फ्रास्ट्रक्चर बैंकका शेयरधनीहरुले धेरै आम्दानी गरेका छन् ।








काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा… 



