एनआईसी एशियाको स्वामित्वमा रहेका ३ लघुवित्तको सेयर लिलामीमा

-



     सफल आवाज    
     फागुन १० गते २०७७ मा प्रकाशित



काठमाडौं, १० फागुन । एनआईशी एशिया बैंकको स्वामित्वमा रहेको ३ लघुवित्त वित्तीय संस्थाहरुको सेयर लिलामीबाट बिक्री हुँदैछ । बैंकले आफ्नो स्वामित्वमा रहेको महुली लघुवित्त वित्तीय संस्था, आरएमडीसी लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्सको संस्थापक समूह तर्फको सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।

मेरो माइक्रोफाइनान्सको ५ लाख ९८ हजार ५ सय ९८ कित्ता, महुलीको ६१ हजार २ सय कित्ता र आरएमडीसीको ४ लाख ३६ हजार ३३१ कित्ता सेयर लिलामीबाट बिक्री गर्न लागेको हो । तीन वटै संस्थाहरुको बिक्री प्रवन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । यी कम्पनीहरुको लिलामी गत माघ ८ गतेदेखि नै खुला भएको थियो ।

बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले दिएको जानकारी अनुसार आगामी बुधबार अर्थात फागुन १२ गतेसम्म लिलामी प्रक्रियामा सहभागी हुन सकिनेछ ।