
बाँके ११ फागुन । काभ्रेको बनेपा स्थित प्रधान कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लि.ले बाँकेको बैजनाथ गाउँपालिकास्थित अस्थायी ट्राफिक प्रहरी पोष्टको लागि जनचेतनामूलक बोर्ड सहयोग गरेको छ ।
एक कार्यक्रमकाबिच बैजनाथ गाउँपालिका वडा नं. ६ का अध्यक्ष भद्र बहादुर बस्नेतमार्फत प्रहरी सहायक निरिक्षक मदन सिंह महतारालाई उक्त बोर्ड हस्तान्तरण गरिएको हो । बढि दुर्घटनाग्रस्त क्षेत्रमा सचेतनामूलक बोर्डले दुर्घटना न्युनिकरणमा ठूलो सहयोग हुने र उक्त कार्यको लागि सहयोग गरेकोमा सहायक निरिक्षक महताराले मिर्मिरे लघुवित्तलाई धन्यवाद र आभार व्यक्त गरे ।
कार्यक्रममा वडा अध्यक्ष बस्नेतले वित्तीय संथाको सामाजिक कार्यमा सहकार्यको लागि धन्यवाद र स्थानीय निकाय संग सहकार्य निरन्तर भइरहने बताएका थिए । संस्थाको तर्फबाट ब्लक स्टेशन प्रमुख प्रकाश बोगटी, बैजनाथ शाखाका शाखा प्रमुख दुर्गा गिरी केसी तथा कर्मचारीहरु इश्वरी साउद र पार्वती न्यौपानेको सहभागिता रहेको थियो ।






काठमाडौं, १० मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा “ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६” प्रतियोगिता…
गण्डकी, १० मङ्सिर । हिजोआज पर्यटकीय सहर पोखराको मौसम सफा छ । हिमाल, तालतलैया र…
पोखरा, १० मंसिर । पोखरा उद्योग वाणिज्य संघ तथा गरिमा विकास बैंक लिमिटेडको संयुक्त आयोजनामा…
बागमती, १० मङ्सिर। मकवानपुरमा पछिल्ला दुई वर्षमा चासो र चर्चामा आएको गन्तव्य हो, मकवानपुुरगढी गाउँपालिका–८… 



