
काठमाडौं, १२ फागुन । राजनीतिक अस्थिरता निम्तिने आशंकाबीच मंगलबार प्रभावित भएको शेयर बजार आज भने सकारात्मक लयमा फर्किएको देखिएको छ । मंगलबार बेलुकी आएको सर्वोच्च अदालतको फैसलाले एक खालको दिशानिर्देश गरेपछि शेयर लगानीकर्ताहरुमा लगानीको मनोबल बढेको छ ।
साताको चौथो दिन आज शेयर बजार उकालो लाग्यो । नेप्से परिसूचक १२.५६ अंकले बढेर २५९९.०७ अंकमा पुगेको छ । नेप्से ०.४९ प्रतिशतले बढेको छ भने सेन्सेटिभ इण्डेक्स २.४० अंकले बढेर ४७०.३४ मा पुगेको छ ।
आज २०४ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ६७ लाख २६ हजार ४७२ कित्ता शेयरको खरिदबिक्रीबाट ६ अर्ब ७० करोड १८ लाख ७२ हजार ४३९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर कारोबार गरेका १२ वटा उपसमूहमध्ये १० वटामा हरियाली छाएको छ अर्थात उनीहरुको शेयर बढेको छ । बाँकी रहेका दुई उपसमूह हाइड्रोपावर र अन्य उपसमूहले रातो पाएका छन् । उनीहरुको शेयर घटेको छ ।
आजको कारोबारलाई हेर्दा नेपाल बैंक लिमिटेड सबैभन्दा अगाडी देखिएको छ । बैंकको ५८ करोड २५ लाख ७५ हजार ८२९ रुपैयाँ बराबरको कारोबार भएको छ ।








काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको… 



