आइपीओ नतिजा अब अनलाइन सञ्चार माध्यमले प्रकाशन गर्न नपाउने

-



     सफल आवाज    
     फागुन १३ गते २०७७ मा प्रकाशित



काठमाडौं, १३ फागुन । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले अब अनलाइन सञ्चार माध्यम र निजी संस्थाहरुले आइपीओ नतिजा प्रकाशन गर्न नपाउने बताएको छ ।

अर्थ क्षेत्रका सामग्रीहरु विशेष रुपमा समेट्दै आएका अनलाइन सञ्चार माध्ययम तथा निजी संस्थाहरुले साधारण शेयर (आइपीओ) काे नतिजा प्रकाशन गर्दै आएकोमा त्यस्तो ब्यवस्थालाई रोकिएको हो ।

यो ब्यवस्था शुक्रबारबाट लागु हुने सिडिएस एण्ड क्लियरिङले जनाएको छ । आइपीओ नतिजा प्रकाशन अब साधारण शेयर (आइपीओ) निष्काशन गर्ने कम्पनी, बिक्री प्रबन्धक तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट मात्रै प्रकाशन हुने ब्यवस्था लागू गरिएको हाे ।