नेप्से ४४.९४ अंकले घट्यो, ६ अर्ब ९ करोड बढीको कारोबार

-



     सफल आवाज    
     फागुन १३ गते २०७७ मा प्रकाशित



काठमाडौं, १३ फागुन । साताको पाँचौ दिन बिहिबार आज नेप्से ४४.९४ अंकले घटेको छ । यसरी घट्ला नेप्से २५५४.१३ विन्दुमा गएर रोकिएको छ । आाज नेप्से १.७३ प्रतिशतले घटेको छ भने सेन्सेटिभ इण्डेक्स ८.५३ अंकले घटेर ४६१.८१ मा पुगेको छ ।

आज जम्म्मा २०६ वटा कम्पनीको शेयर खरिदबिक्री भएको छ । १ करोड ५८ लाख ५६ हजार १७१ कित्ता शेयर खरिदबिक्री भएको छ भने यसबाट ६ अर्ब ९ करोड ८१ लाख ८८ हजार ४१४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज १२ वटा उपसमूहको भएको शेयर कारोबारमा सबै राताम्मे भएका छन् । आजको कारोबारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक सबैभन्दा अगाडी रहँदै ९० करोड ३५ लाख ६७ हजार ५७७ रुपैयाँ बराबरको कारोबार भएको छ ।