
काठमाडौं, १४ फागुन । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर बाँडफाँड आज बिहान ८ वजेदेखि काठमाडौं हात्तिसारमा रहेको नेपाल एसबिआाई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयबाट हुँदैछ । माग भन्दा बढी आवेदन परेकाले बाँडफाँड गोलाप्रथाको विधिबाट हुँदैछ ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट लिमिटेडका अनुसार महिला लघुवित्तको साधारण शेयर (आइपीओ)मा १५ लाख ४० हजार ४८ जना शेयर लगानीकर्ताले आावेदन दिएका छन् । उनीहरुले २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७७० कित्ता शेयरका लागि आवेदन पेश गरेका थिए ।
शेयर बाँडफाँड कम्तिमा १० कित्ताको दरले गरेपनि साढे ३७ हजार आवेदकको भागमा शेयर पर्ने देखिन्छ । आवेदकको ठूलो संख्या १५ लाख २ हजार ५४८ जनाकाे हात रित्तै हुनेछ । संस्थाले गएको माघ ३० देखि फागुन ५ गतेसम्म १०० रुपैयाँ अंकित दरको ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ निष्काशन तथा बिक्री खुलाएको थियो ।
उक्त शेयरमध्ये ३ लाख ७५ हजार कित्ता सर्वसाधारणका लागि रहेको छ । पाँच हजार कित्ता कर्मचारीको लागि र २० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुटयाइएको थियो ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती… 



