सगरमाथा इन्स्योरेन्स कम्पनीको संचालकमा शेरचन नियुक्त

-



     सफल आवाज    
     फागुन १४ गते २०७७ मा प्रकाशित



काठमाडौं, १४ फागुन । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले रिक्त रहेको संचालक पदमा आज राजेन्द्रमान शेरचनलाई नियुक्त गरेको जानकारी दिएको छ ।

कम्पनी सचिव विश्वनाथ अधिकारीका अनुसार कम्पनीको २०७६ असार १३ मा सम्पन्न वार्षिक साधारण सभाबाट समूह ‘ग’ बाट संचालक पदमा निर्वाचित कीर्ति कुमार जोशीको स्वर्गारोहण भएपछि रिक्त रहेको संचालक पदमा शेरचनलाई नियुक्त गरिएको हो ।

बिहिबार बसेको संचालक समितिको बैठकले कम्पनी ऐन २०६३ को दफा ८७ ‘२’ ले ब्यवस्था गरेअनुसार काठमाडौं महानगरपालिका वडा नं १६ ठमेलमा बस्ने शेरचनलाई संचालक पदमा नियुक्त गरेको हो ।

कम्पनीले यसको जानकारी नेपाल स्टक एक्सचेन्जलाई आज दिएको कम्पनी सचिव अधिकारीले जनाएका छन् ।