
काठमाडौं, १५ फागुन । सामूहिक लगानी कोषमा लगानी गर्न चाहनेलाई लक्षित गरेर कुमारी इक्विटी फण्ड बिक्री खुल्ला गरिएकाे छ । फागुन १४ बाट बिक्री शुरू भई छिटाेमा फागुन १८ र ढिलाेमा फागुन २८ सम्म बिक्रीकाे समय ताेकिएकाे छ ।
पछिल्ला दिनमा शेयर बजारमा लगानीकर्ताको आकर्षण बढिरहेको बेला सानो लगानी गर्नेका लागि यो योजना महत्वपूर्ण हुने सम्बन्धित बिक्रीकर्ताले जनाएका छन । सो बन्दमुखी योजनाअनुसार कूल आठ करोड एकाई बिक्री गर्न लागिएको हो ।
कुमारी बैंकको ‘कुमारी सामूहिक लगानी योजना’अनुसार बिक्री गर्न लागिएको योजनाअन्तर्गत कूल ६ करोड ८० लाख इकाई सर्वसाधारणका लागि उपलब्ध हुनेछ । १० वर्षे अवधिको उक्त योजनाअन्तर्गत एक करोड २० लाख इकाई प्रवद्र्धक कुमारी बैंक लिमिटेडलाई सुरक्षित राखिएको छ ।
उक्त योजनाको इकाई बिक्री बन्द हुने मिति छिटोमा यही फागुन १८ गतेसम्म रहेको छ भने ढिलोमा फागुन २८ गतेसम्म रहेको छ । आवेदन दिनुपर्ने इकाई न्यूनतम १०० रहेको छ । इक्रा नेपालले उक्त योजनाको रेटिङ गरेको थियो । सो योजनाको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



