
लागोस, १६ फागुन । नाइजेरियाको एक विद्यालयबाट गत हप्ता अपहरण गरी लगेका २७ बालबालिकासहित ४२ व्यक्ति अपहरणको १० दिनपछि मुक्त भएका छन् । नाइजेरियाकै एक अर्को विद्यालयबाट करिब ३०० किशोरी (छात्रा)हरूलाई अपहरण गरेको एक दिनपछि १० दिन पहिले एक सशस्त्र समूहले अपहरण गरी लगेका ४२ जनालाई रिहा गरिएको हो ।
सरकारको पहलमा शनिबार मुक्त भएका विद्यार्थीहरूलाई नाइजर राज्यको प्रशासनले आफन्तको जिम्मा लगाएको गभर्नर अबुबाकर सानी बेलोले ट्वीटरमार्फत् जानकारी गराए । नाइजेरियाको उत्तरपश्चिम क्षेत्रबाट एक सशस्त्र समूहले शुक्रबार अपहरणमा परेका ३१७ विद्यार्थीको खोजी भइरहेको प्रहरी प्रवक्ता मोहम्मद सेहुले एक विज्ञप्ति जारी गरी बताएका छन् । उनले भने, “सशस्त्र समूहले बिहीबार राति एक विद्यालयलाई नियन्त्रणमा लिई कम्तीमा ३१७ छात्राहरूलाई अपहरण गरेको छ ।
विद्यार्थीहरूलाई सम्पर्कमा ल्याउन सुरक्षा अधिकारीले पहल जारी राखेका छन् । जाम्फारा राज्यको प्रहरी कमाण्डले सेनाको समन्वयमा संयुक्तरूपमा खोजी तथा उद्धार कार्यलाई अघि बढाएको छ ।” स्थानीयका अनुसार एक आपराधिक सशस्त्र डाँकाहरूको समूहले उत्तरपश्चिम क्षेत्रको विज्ञान विषय पढाई हुने उक्त विद्यालयबाट विद्यार्थीहरूलाई अपहरण गरी लगेका हुन् ।
पछिल्ला वर्षहरूमा नाइजेरियामा डाँका समूहले विद्यार्थीलाई बन्धक बनाई लाने र फिरौती माग्ने, बलात्कार गर्ने र उनीहरूको महत्वपूर्ण सम्पत्ति लुट्ने गरेका घटनाहरू पटकपटक सञ्चारमाध्यममा आएका छन् ।








काठमाडौं, ८ मंसिर । आकाश क्यापिटल लिमिटेड अबदेखि कामना सेवा क्यापिटल लिमिटेडकाे नामबाट संचालन हुने…
सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा… 




