
काठमाडौं, १६ फागुन । सुनचाँदीको मूल्यमा निरन्तर गिरावट आउने क्रम रोकिएको छैन । सााताको पहिलो दिन आईतबार आज फेरी सुनचाँदीको मूल्य ओरालो लागेको छ । आज छापावाला सुन प्रतितोला रुपैयाँ ५०० ले घटेको छ भने चाँदीमा १० रुपैयाँले गिरावट भएको छ ।

आज छापावाला सुन प्रतितोला ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार छापावाला सुन प्रतितोला ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य रुपैयाँ ५०० ले घटेर प्रतितोला ८७ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज पनि चाँदीको मूल्यमा गिरावट अएको छ । आज चाँदी प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती… 



